Kathmandu Press

‘कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन’

‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौँ,’ उनले भने, ‘त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरु पार्टीको खिलाप हुँदै होइन। यो सोच–विचार नै गरिएको सहमति हो।’
‘कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन’

काठमाडौं, भदौ ४ ने: पाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

Hardik ivf

‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौँ,’ उनले भने, ‘त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरु पार्टीको खिलाप हुँदै होइन। यो सोच–विचार नै गरिएको सहमति हो।’

सभापति देउवाले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे।

उनले अभियन्ता भारती सिलवालसँग किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन्।

‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन। किताबले मलाई फाइदा भएको होला, धन्यवाद दिन चाहन्छु’, देउवाले भने। 

कार्यक्रममा देउवा भन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन्। 

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्