Kathmandu Press

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन : माधव नेपाल

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन्। 
मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन : माधव नेपाल

काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ती केही गर्न नसकिने बताएका छन्।  

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन्। 

Hardik ivf

‘राजनीतिमा निष्ठा र  नैतिकताको विषय  छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो। निष्ठा, नैतिकत छ, एउटा अर्को पनि राखिदिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ–त्यो हो ‘स्वच्छता’,’ उनले भने ‘जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ती समर्पित भएर अघि बढ्न सक्दैनौं।’

अध्यक्ष नेपालले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए। उनले मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे।

‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ। सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ। मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन,’ उनले भने, ‘खुला बहसको कुरा गर्नुपर्छ। कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने। मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो।’

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्