Kathmandu Press

यू–२० साफ : बंगलादेशले श्रीलंकालाई हराउँदा नेपाल सेमिफाइनलमा

समूह एको खेलमा मंगलबार बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ। 
यू–२० साफ : बंगलादेशले श्रीलंकालाई हराउँदा नेपाल सेमिफाइनलमा

काठमाडाैं, भदाै ४ : नेपाल घरेलु मैदानमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। समूह एको खेलमा मंगलबार बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलेमा बंगलादेशले श्रीलंकालाई २–०ले हरायो। यो जितसँगै समूह एबाट बंगलादेश पनि सेमिफाइनल पुगेको छ। 

यता, श्रीलंका भने लागतार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा श्रीलंका नेपालसँग १–०ले पराजित भएको थियो। अब यो समूहको अन्ति खेलमा नेपाल र बंगलादेश भीड्न छन्।

प्रतियोगिताका ६ टिम सहभागी छन्। समूह एमा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह बीमा भारत, माल्दिभ्स र भुटान छन्।

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्