Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाई बहुमत

मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाई बहुमत

दाङ, भदौ ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार दुइ तिहाइ बहुमतसहित विश्वासको मत लिएका छन्। 

आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामुख तुलाराम घर्ती मगरले विश्वासको मतको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको घोषणा गरेका छन्। 

कुल ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्ने भए पनि आचार्यलाई ७० मत परेको छ। 

संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आचार्यले प्रदेश सभामा विश्वासको मतका लागि प्रश्ताव दर्ता गराएका थिए।   
 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्