Kathmandu Press

बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका माथी बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन्।
बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथर(फिदिम), भदौ ४ : बालिका माथी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।

फिदिम नगरपालिका–१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन्।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका परिवारले उजुरी दिएको आधारमा फिदिम नगरपालिका–१३ का  नेम्बाङलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले बताए।

प्रहरी निरीक्षक तामाङका अनुसार फिदिम बजारको सुन्तली चोकमा एक घरमा पीडित बालिका उनका अभिभावक सहित बस्दै आएकी थिइन्। सोही घरमा नेम्बाङले आइतबार राति बालिका माथी बलात्कार गरेको उजुरीमा उल्लेख छ।
 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्