Kathmandu Press

डेंगु संक्रमितको संख्या ४ हजार नाघ्यो

मुस्ताङ, हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ।
डेंगु संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, भदै ४ : देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको जनाएको छ।

गत माघ महिना यता देशभर ४ हजार ९७ जनामा डेंगु संक्रमण देखिएको छ। 

तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ। 

मुस्ताङ, हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा  डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ।
 

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्