तोलाको १ सय रुपैयाँले घट्यो सुनको मुल्य
नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, भदौ ४ : मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ।
सुनको मुल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आइतबार र सोमबार दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य मंगलबार बढेको हो।
मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: १२:४० बजे, मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
