Kathmandu Press

‘देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छ’

‘जसरी चलिरहेको छ त्यसैगरि चलाउँ भनेर हुँदैन, सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु। त्यसमा केही समय लाग्छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।’ 
‘देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छ’

काठमाडौं, भदौ ४ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन्। 

मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए। 

Hardik ivf

उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो।

‘जसरी चलिरहेको छ त्यसैगरि चलाउँ भनेर हुँदैन, सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु। त्यसमा केही समय लाग्छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।’ 

मन्त्री सिंहले अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए। देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उनले बताए। 

काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनले बताए।

सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि उनले आह्वान गरे। 

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्