Kathmandu Press

‘गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व हो’

गाईजात्राका अवसरमा मंगलबार शुभकामना व्यक्तव्य जारी गर्दै सभामुख घिमिरेले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको उल्लेख गर्दै  समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताए। 
‘गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व हो’

काठमाडौं, भदौ ४ : सभामुख देवराज घिमिरेले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

गाईजात्राका अवसरमा मंगलबार शुभकामना व्यक्तव्य जारी गर्दै सभामुख घिमिरेले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको उल्लेख गर्दै  समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताए। 

Hardik ivf

गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौं उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ। नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ।

गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ।

‘नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो। हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ ‘धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ।’

प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्