Kathmandu Press

‘सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ’

सरकारको गतिविधिबारे नागरिकले जान्न पाउने हक सूचनाको हक हो भन्दै उनले कर्मचारी यसप्रति बढी उत्तरदायी हुनुपर्नेमा जोड दिए।  
‘सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ’

काठमाडौं, भदौ ३ : उपराष्ट्रपति रामसहाय यादवले आमनागरिकलाई सूचनाको हक प्राप्त भएमात्र लोकतन्त्र खुला र पारदर्शी हुने बताएका छन्।

राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सूचनाको हक भरपूर प्रयोग गर्ने अभ्यासबाट समाज सुशासित र भ्रष्टाचाररहित हुने बताए। 

Hardik ivf

सरकारको गतिविधिबारे नागरिकले जान्न पाउने हक सूचनाको हक हो भन्दै उनले कर्मचारी यसप्रति बढी उत्तरदायी हुनुपर्नेमा जोड दिए।  

‘लोकतान्त्रिक व्यवस्था पारदर्शी र खुला हुनपर्छ। आमनागरिकले सूचना माग्दा कानुनबमोजिम प्रदान गराउने दायित्व कर्मचारीको बढी हुन्छ,’ उपराष्ट्रपति यादवले भने, ‘सूचनाको हकले सरकारी कर्मचारीलाई जवाफदेही बनाउने मात्रै होइन, भ्रष्टाचार र अनियमिततालाई कम गर्न सघाउँछ।’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको बताए। 

प्रकाशित मिति: २१:०६ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्