Kathmandu Press

नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन

नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन

काठमाडौं, भदौ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन्।

राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजित कार्यक्रममा उनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताए।

Hardik ivf

त्यसअवसरमा नेताहरू भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी थिए। उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए।

अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुनेछन्। अध्यक्ष लिङ्देन भदौ १० गते स्वदेश फर्किने तालिका छ।

प्रकाशित मिति: २१:०० बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्