Kathmandu Press

सिन्धुपाल्चोकमा सुख्खा पहिरो, इन्द्रावती थुनियो

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने भएकाले सुरक्षा निकायले पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपना भनेको छ। 
सिन्धुपाल्चोकमा सुख्खा पहिरो, इन्द्रावती थुनियो

सिन्धुपाल्चोक, भदौ ३ : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७मा सुख्खा पहिरो खसेको छ। 

तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा खसेको सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ।

सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा रहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका स्थानीयहरू र अस्पतालका सामग्री सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा लिगँदैछ। 

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने भएकाले सुरक्षा निकायले पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपना भनेको छ। 
 
प्रकाशित मिति: १८:३० बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्