Kathmandu Press

नयाँ सरकार गठनपछि निरासा हट्दै गएको छ : गृहमन्त्री

‘नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुंग्याएर  भन्दै राम्रो कामको सुरुआत भइसकेको छ, देशमा देखिएको निरासा क्रमशः हट्दै गएको छ,’ लेखकले भने। 
नयाँ सरकार गठनपछि निरासा हट्दै गएको छ : गृहमन्त्री
फाइल तस्बिर।

काठमाडौं, भदौ ३ : गृहमन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको बताएका छन्। 

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले उक्त भनाई राखेका हुन्। उनले संविधान संशोधन, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई सुदृण गर्नको लागि हुने भनाई समेत लेखकले राखे। 

Hardik ivf

‘नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुंग्याएर  भन्दै राम्रो कामको सुरुआत भइसकेको छ, देशमा देखिएको निरासा क्रमशः हट्दै गएको छ,’ लेखकले भने। 

उनले मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको भनाई समेत राखे । मुलुकमा सुशासन र दिगो शान्ति स्थापित गर्दै आर्थिक समृद्धिमा अगाडि बढ्ने महत्वपूर्ण उद्देश्यले नयाँ सरकार बनेको उनले बताए। 

‘विगतमा तीन–तीन महिनामा संसदमा विश्वासको लिनुपर्ने, नयाँ नयाँ समीकरण बन्ने स्थिरता दिन नसेको स्थिति बन्यो । सरकार अस्थिर हुँदा देशको सबै क्षेत्रमा समस्या आयो,’ उनले भने, ‘विधिको शासनलाई ठीक ढंगमा बढाउन सकेन । मुलुक निराशातर्फ जान लागेको स्थिति भएपछि हामी मिल्यौं।’

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्