संसदीय छानविन समितिले भदौ ७ गते रविसँग बयान लिने
समितिले सहकारीकाे रकम गोरखा मिडियाले सञ्चालन गरेकाे ग्यालेक्सी टेलिभिजनमा लगानी, सहकारीको रकम अपचलनलगायत विषयमा डाकेर बयान लिने तयारी गरेको हो।
काठमाडौं, भदौ ३ : सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी गरेको छ।
समितिले सहकारीकाे रकम गोरखा मिडियाले सञ्चालन गरेकाे ग्यालेक्सी टेलिभिजनमा लगानी, सहकारीको रकम अपचलनलगायत विषयमा डाकेर बयान लिने तयारी गरेको हो।
लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोप छ।
समितिले पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका सांसद लामिछानेसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो।
प्रकाशित मिति: १५:१२ बजे, सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार