संविधान संशोधन गरेर जनताको अधिकार खोसिन्छ भन्ने हल्ला गलत : मन्त्री सिंह
‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौं,’ उनले भने ‘सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’
काठमाडौं, भदौ ३ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको जिकिर गरे।
‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौं,’ उनले भने ‘सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’
उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको समेत बताए।
‘सातआठ महिनामा सरकार चेञ्ज भइराख्ने, टिक्ने नटिक्ने सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेको छौं,’ उनले भने, ‘यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ।’