परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस.जयशंकरबिच भेटवार्ता
भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्ध, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनााएको छ।
काठमाडौं, भदौ ३ : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डाआरजु राणाले भारतीय समकक्षी एस.जयशंकरबिच भेटवार्ता गरेकी छन्।
भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री राणालाई स्वागत गर्दै भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्ध, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनााएको छ।
परराष्ट्रमन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि नेपालको तर्फबाट भारतमा परराष्ट्र मन्त्री राणाको पहिलो उच्च स्तरीय भ्रमण हो।
प्रकाशित मिति: १३:२३ बजे, सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












