Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 

मन्त्री राणाले सोमबार बेलुकी मोदीसँग भेटवार्ता गर्ने तय भएको हो। भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको स्रोतले जनाएको छ। 
परराष्ट्रमन्त्री डा. राणाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 
फाइल तस्बिर।

काठमाडौं, भदाै २ : भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। 

मन्त्री राणाले सोमबार बेलुकी मोदीसँग भेटवार्ता गर्ने तय भएको हो। भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको स्रोतले जनाएको छ। 

Hardik ivf

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता गर्ने छिन्।

भेटवार्तामा दुई मुलुकको आपसी हित, सहकार्य तथा सम्बन्ध विस्तारका विषयमा छलफल हुने जनाइएको छ। 

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आज बेलुकी भारतस्थित नेपाली दूतावासमा रात्रिभोजको आयोजना गरेका छन्। 

राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्