Kathmandu Press

यू–२० साफको उद्घाटन खेलमा नेपाल विजयी

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–०ले हरायो।
यू–२० साफको उद्घाटन खेलमा नेपाल विजयी

काठमाडाैं, भदाै २ : आजबाट घरेलु मैदानमा सुरु भएको यू–२० साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–०ले हरायो।

नेपालले पहिलो हाफमै लिएको अग्रतालाई कायमै राख्दै जित निकालेको हो। २४औं मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

खेलमा नेपालले श्रीलंका माथि दबाब बनाएको थियो। तर, नेपालले पटक पटक गोलका सुन्दर अवसरहरु सिर्जना गरेपनि त्यसलाई पोस्टको दिशा दिन भने सकेन। समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए।

समूह एमा रहेको नेपालले अब दोस्रो बिहीबार खेल बंगलादेशसँग खेल्नेछ। त्यससअघि श्रीलंकाले बंगलादेशको सामाना गर्ने छ। सो खेलमा श्रीलंका पराजित भए नेपाल र बंगलादेश दुवै सेमिफाइनल पुग्ने छन्। 

प्रतियोगिता अन्तर्गत सोमबार समूह बीमा रहेका भारत र भुटानबीचको खेल हुनेछ। 

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, भदौ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्