Kathmandu Press

सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्दैन् : प्रधानमन्त्री

जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको बताउँदै उनले त्यस्ता व्यक्तिलाई देशको माया नहुने उल्लेख गरे।
सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्दैन् : प्रधानमन्त्री

काठमाडौं, भदौ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै उनले सरकार भ्रष्टाचारका घटना खोजविन गर्ने र कारवाही गर्ने कामको लागि बनेको भन्दै सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने बताए।

Hardik ivf

‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो। भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन,’ उनले भने, ‘भ्रष्टाचार खोजविन र कारवाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ। समयक्रममा व्यवहारमा देखिँदैजान्छ।’

प्रधानमन्त्री ओलीले न्याय र कानून सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने बताए। 

‘न्याय सबैको लागि र कानून सबैका लागि हो। अनुहार र मान्छेको मुख हेरेर कुनैपनि व्यवहार गरिँदैन। कानूनले व्यवहार गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी एउटा सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहन्छौं।’

जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको बताउँदै उनले त्यस्ता व्यक्तिलाई देशको माया नहुने उल्लेख गरे।
 

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्