Kathmandu Press

टिआरसी विधेयक राष्ट्रिय सभामा पेश 

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभा बैठकमा विधेयक पेश गरेका हुन्। विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ। 
टिआरसी विधेयक राष्ट्रिय सभामा पेश 

काठमाडौं, साउन २ : प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ आइतबार राष्ट्रिय सभामा पेश भएको छ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभा बैठकमा विधेयक पेश गरेका हुन्। विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ। 

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका हुन्। 

अहिले विधेयकमाथि सांसदहरूले  आफ्ना धारणा राख्नेक्रम जारी छ । 

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्