‘प्रधानमन्त्रीसँग भेट्ने समय नपाउँदा राष्ट्रिय सभालाई गुहार्न बाध्य भएँ’
‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त। तर मैले समय पाउँदिन सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु,’ उनले भने।
काठमाडौं, भदौ २ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेटेर समस्या राख्न खोज्दा समय नपाएको गुनासो गरेका छन्।
आइतबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले देशमा घटिरहेको घटनाका बारेमा प्रधानमन्त्रीसँग भेट्न खोजेपनि समय नपाएको कारण राष्ट्रियसभालाई गुहार्न बाध्य भएको बताए।
‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त। तर मैले समय पाउँदिन सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु,’ उनले भने।
उनले भौगोलिक अवस्थाले नेपालमा विरश्वकै सबैभन्दा बढि प्राकृतिक घट्नाहरु घट्ने गरेको बताए। प्राकृतिक घट्नाहरुको पूर्वतयारीमा नेपालका राजनीतिक दलका नेताहरू र प्रधानमन्त्रीको समेत ध्यान जान नसकेको उनको भनाई छ
‘नेपालमा जतिपनि घट्ना घटेका छन् हाम्रो प्राकृतिक अवस्था, भौगोलिक अवस्थाले हो। यही देशमा यति धेरै घट्ना घट्छन् संसारमा कुनै देशमा हुँदैन,’ उनले भने, ‘प्राकृतिक घट्नाहरु घट्नुभन्दा पहिले नै गर्नुपर्ने कामहरुका निम्ती नेपालका राजनीतिक पार्टी, प्रधानमन्त्री कसैको पनि ध्यान गएन।’