Kathmandu Press

संविधान समय अनुसार संशोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव  

‘संविधान डायनामिक दस्ताबेज हो, यो संशोधन भइरहन्छ। संशोधन कस्तो भइरहेको छ भनेर जनताले वाचडगका रूपमा हेर्नुपर्छ,’ यादवले भने। 
संविधान समय अनुसार संशोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव  

चितवन, साउन २ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्। 

यादव संविधान डायनामिक दस्ताबेज भएको बताए। आफु राष्ट्रपति भएका बेला यादवले नै नेपालको संविधान, २०७२ प्रमाणीकरण गरेका थिए। 

Hardik ivf

चितवनको भरतपुरमा आइतबार पूर्व राजनीतिक सहकर्मीसँगको भेटघाटमा डा.यादवले उक्त भनाई राखेका हुन्। 

‘संविधान डायनामिक दस्ताबेज हो, यो संशोधन भइरहन्छ। संशोधन कस्तो भइरहेको छ भनेर जनताले वाचडगका रूपमा हेर्नुपर्छ,’ यादवले भने। 

यस्तै, उनले संविधानलाई कसरी व्यवहारमा ल्याइन्छ भन्ने बिषय महत्वपूर्ण हुने पनि बताए। एक प्रसङ्गमा नेपालको राष्ट्रियता बलियो भएको भनाई पनि राखे। 

वर्तमान संविधान लोकतान्त्रिक भएको भनाई यादवके थियो। यादले भने, ‘संविधान लोकतान्त्रिक छ, प्रजातान्त्रिक छ। यसमा सबै जोडिएको छ। यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ  अहिले संशोधनको जुन कुराहरू आइरहेको छ। यी कुराहरू उठी रहन्छ। समयअनुसार संशोधन पनि गर्नुपर्छ । संविधानलाई दिगो बनाउन कमजोरी सच्याउँदै जानुपर्छ।’ 

संविधान संशोधनका सम्बन्धमा जनताले ‘वाचडग’ को भूमिका निर्वाह गर्नुपर्ने पनि बताए। पूर्वराष्ट्रपति यादवले चितवनमा २०१७ सालदेखि राजनीतिमा होमिएका आफ्ना पुराना मित्रसँग भेटघाट गरेका छन्। 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्