Kathmandu Press

बेचन झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 
बेचन झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

काठमाडौं, भदौ २ : जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

बयान र थुनछेक बहस सकिएसँगै अदालतले मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा झा गत असार १३ गते पक्राउ परेका थिए। 

झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोग लगाइएको छ। 
 
प्रकाशित मिति: १५:२६ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्