नेप्से ३४ अंकले घट्यो
अघिल्लो दिन ३ हजार अंकमा रहेको शेयर बजार आइतबार नेप्से परिसूचक ३४.४७ अंक घटेर २९६६ बिन्दुमा बन्द भएको छ।काठमाडौं, भदौ २ : शेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ। अघिल्लो कारोबारको तुलनामा आइतबार नेप्से परिसूचक ३४.४७ अंक घटेको छ।
अघिल्लो दिन ३ हजार अंकमा रहेको शेयर बजार आइतबार भने २९६६ मा रहेर बन्द भएको छ।
आइतबार कुल २८ अर्ब ८३ करोडको कारोबार भएको छ। ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ।
बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ भने विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटेका छन्।
प्रकाशित मिति: १५:२३ बजे, आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेलशुक्रबार, मंसिर ७, २०८१
सुनको मुल्य वृद्धिशुक्रबार, मंसिर ७, २०८१