Kathmandu Press

एक वर्षमा १४ खर्ब  बढी रेमिट्यान्स भित्रियो

गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो। 
एक वर्षमा १४ खर्ब  बढी रेमिट्यान्स भित्रियो

काठमाडौं, भदौ २ : गत आर्थिक वर्षमा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो। 

गत वर्षको वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ छ।

नयाँ र पुराना गरी एक वर्षमा करिब सात लाख ४१ हजार नेपाली वैदेशिक रोजगारीमा आबद्ध रहेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ थियो।

गत वर्ष खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्