Kathmandu Press

सहकारी छानविन समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

सहकारीको बचत अपचलन गरेको भन्दै पीडितले समिति समक्ष राखेको गुनासो र प्रहरीलगायत विभिन्न निकायमा दिइएको उजुरीलाई आधार मानेर रास्वपा सहमहामन्त्री आचार्यसँग समितिले बयान लिएको जनाइएको छ। 
सहकारी छानविन समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

काठमाडौं, भदौ २ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग आइतबार बयान लिएको छ। 

आचार्यसँग सिंहदरबारस्थित समितिको सचिवालयमा बयान लिइएको हो। गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेको आधारमा आचार्यसँग बयान लिइएको छ । दुई घण्टा बयान आचार्य फर्केका छन्। 

Hardik ivf

सहकारीको बचत अपचलन गरेको भन्दै पीडितले समिति समक्ष राखेको गुनासो र प्रहरीलगायत विभिन्न निकायमा दिइएको उजुरीलाई आधार मानेर रास्वपा सहमहामन्त्री आचार्यसँग समितिले बयान लिएको जनाइएको छ। 

आचार्य गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँगै सह–महामन्त्री आचार्य समेत मुछिएका छन्। 

समितिलाई प्राप्त कागजातहरूबाट सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट गरी २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको नामबाट गोर्खा मिडियामा गएको खुलेपछि आचार्यलाई बयानमा डाकिएको थियो। 

आचार्यले सहकारीको रकम गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा समेत ट्रान्सफर गरेको भेटिएको छ । यसअघि गोर्खा मिडियाबाट आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा ५ करोड ३५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको समाचार मिडियामार्फत बाहिरिएको थियो। 
 
प्रकाशित मिति: १४:३० बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्