Kathmandu Press

पूर्वडीआईजी खरेलमाथि भ्रष्टाचारमा छानविनका लागि अख्तियारमा उजुरी 

सफलले खरेल विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको दाबी समेत गरेका छन्।
पूर्वडीआईजी खरेलमाथि भ्रष्टाचारमा छानविनका लागि अख्तियारमा उजुरी 

काठमाडौं, भदौ २ : नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलमाथि भ्रष्टाचारमा छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। 

आफुलाई सामाजिक अभियन्ता बताउने सिन्धुलीका युवराज सफलले खरेलविरुद्ध आइतबार उजुरी दर्ता गरेका हुन्। पूर्वडीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्दै अभिव्यक्ति दिएको भन्दै सफलले छानविनको माग गरेका छन्। 

सफलले खरेल विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको दाबी समेत गरेका छन्।

खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर राज्य कोषबाट रकम दिलाएको आरोप उजुरीमा छ। राज्यका वास्तविक सुराकीलाई दिइने रकम नक्कली सुराकी खडा गरी लिनेदिने कार्य भएको भनाई उनको छ। 

नक्कली सुराकी खडा गरी श्रीमतीलाई रकम दिने बिषय भ्रष्टाचारजन्य कार्यमा पर्ने भएकाले निजलाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न उजुरीमा माग छ। 

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्