अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर
गत बिहीबार मन्त्रिपरिषद्को बैठकाे निर्णय अनुसार सरुवा भएका ५९ जनाको सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै हेरफेर समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ २ : अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै हेरफेर समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा दीपक लामिछाने, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा कविता रेग्मी, आन्तरिक राजस्व विभाग उपमहानिर्देशकमा गोपीकृष्ण कोइराला, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा रमेश अर्याल र मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पार्वती शर्मालाई जिम्मेवारी तोकिएको छ।
यस्तै यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।
उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।
गत बिहीबार मन्त्रिपरिषद्को बैठकले ५९ जनाको सहसचिवको एकै पटक सरुवा गरेको थियो।












