Kathmandu Press

पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : अध्यक्ष दाहाल

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,’ उनले भने।
पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : अध्यक्ष दाहाल

काठमाडौं, भदौ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन्। 

तात्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए। 

Hardik ivf

अध्यक्ष दाहालले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए। उनले जनताको मुद्दा खोसिने हो आशंक बढेको बताए।

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,’ उनले भने।

आफूहरुले राम्रो काम गरेकाले विरोधीहरूले आत्तिएर नयाँ गठबन्धन गरेको बताउँदै अध्यक्ष दाहालले यो गठबन्धन अपवित्र र यसको उद्देश्य गलत भइको बताए। 

यस्तै, उनले रामवृक्ष यादवको पनि चर्चा गरे। उनले यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एकजना लोकप्रिय नेता भएको बताउँदै उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय रहेको बताए। 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्