Kathmandu Press

‘सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्‍यायो’

उनले सहकारी मात्रै नभइ यस्तै अवस्था रहने हो र उनीहरुले छुट पाइरहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ समितिको ध्यानाकर्षण गराए। सोसल मिडियाको दुरुपयोगका कारण यो क्रियाकलाप बढ्दो रहेको उनले बताए। 
‘सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्‍यायो’

काठमाडौं, साउन ३२ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर पुर्‍याएको बताएका छन्। 

अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा उनले त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताए। उनले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको सुझाव दिए।

‘एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन्। त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौं मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ,’ गभर्नर अधिकारीले भने।

उनले सहकारी मात्रै नभइ यस्तै अवस्था रहने हो र उनीहरुले छुट पाइरहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ समितिको ध्यानाकर्षण गराए। सोसल मिडियाको दुरुपयोगका कारण यो क्रियाकलाप बढ्दो रहेको उनले बताए। 

‘यसैले कोही व्यक्तिले त्यसरी बैंकप्रति दुस्प्रचार गर्छ। बैंकको मान्यताभन्दा बाहिर गएर उसले काम गर्छ भने त्यो कसुरजन्य काम स्थापित गरिनुपर्छ,’ उनले भने। 

उनले उदाहरण दिँदै अहिले नेपालको बैकिङ प्रणालीमा त्यस्तै समस्या परिरहेको पनि बताए। बैंकिङ प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभइ समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने उनको सुझाव थियो।

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, साउन ३२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्