Kathmandu Press

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

२० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउँदा दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। यस्तै चार वाणिज्य बैंकले व्याजदर स्थिर राखेका छन्। 
वाणिज्य बैंकहरूले घटाए ब्याजदर

काठमाडौं, साउन ३२ : नेपालका अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनामा मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। बैंकहरूको ब्याजदर औसतमा ०.२१ प्रतिशतले घटाएका छन्। 

२० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउँदा दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। यस्तै चार वाणिज्य बैंकले व्याजदर स्थिर राखेका छन्। 

Hardik ivf

नेपाल बैंकले सर्वाधिक १ प्रतिशत निक्षेपको ब्याजदर घटाएको छ। यस्तै, प्रभु बैंकले ०.९०, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशतले ब्याजदर घटाएका छन्।

यता, हिमालयन र प्राइम कमर्सियल बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन्। दुवैले ०.२५ प्रतिशतले ब्याजदर बढाएका छन्। ब्याजदरस्थिर राख्नेमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंक छन्।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७।४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्