Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दैं, प्रधानमन्त्रीसहित केही मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची 

दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । 
राष्ट्रियसभा बैठक बस्दैं, प्रधानमन्त्रीसहित केही मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची 

काठमाडौं, साउन ३१ : संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ । 

दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

Hardik ivf

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा अन्य कार्यसूची पनि छ । 

प्रकाशित मिति: ०७:४६ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्