Kathmandu Press

गोदावरीका मेयर र उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाई 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै अभियुक्तले सफाइ पाउने फैसला गरेको हो।
गोदावरीका मेयर र उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाई 

काठमाडौं, साउन ३० : विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Hardik ivf

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै अभियुक्तले सफाइ पाउने फैसला गरेको हो।

ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचारमा कारबाहीका लागि मुद्दा दायर भएको थियो  अख्तियारले मेयर र उपमेयरसँगै कर्मचारी, खानी सञ्चालक र विभिन्न कम्पनीलाई समेत प्रतिबादी बनाएर मुद्दा दायर गरेको थियो। 
 

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्