Kathmandu Press

नेप्से परिसूचक ३४ अंकले बढ्यो

बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक ३४ अंकले बढ्यो

काठमाडौं, साउन ३० : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२९ अंकले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो।

बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।

Hardik ivf

जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बीमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ।

आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, साउन ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्