सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजान अधिकृतहरुलाई अर्थमन्त्रीको आग्रह
सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताउँदै उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए।
काठमाडौं, साउन ३० : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजान कर्मचारीहरुलाई आग्रह गरेका छन्।
ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम–२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले सरुवा–बढुवाका लागि नेताको घर नजान पनि आग्रह गर्दैै सरुवा–बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे।
सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताउँदै उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए।
यस्तै, अर्थमन्त्री पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताउँदै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे।
पोशाकका आधारमा नभई सेवाग्राहीका समस्या बुझेर यथोचित ढंगले सम्बोधन गर्न पौडेलले निर्देश दिए। आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्न सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्नेमा उनको जोड छ ।
‘सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला, झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ,’ उनले भने, त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षा जायज, नाजायज के छन् । त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ।’










-1764753058.png)
-1764751301.jpg)
