Kathmandu Press

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं, साउन २९ : यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले घटेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आज नेप्से परिसूचक ८.१८ अंकले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो। तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार बैंकिङ ०.४५, वित्त १.५७, लगानी ०.०८, व्यापार ०.०६ र जीवन बीमा ०.५४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, जलविद्युत् ०.३५ र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले घटेको छ। 

त्यसैगरी, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.०७, निर्जीवन बीमा १.०२ र अन्य समूहको उपसूचक १.७४ प्रतिशतले घटेको छ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ। 

आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार नौ सय सात कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्