Kathmandu Press

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेट

अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेट

काठमाडौं साउन २८ : नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्। 

अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार नै शिष्टाचार भेटवार्ता गरिसकेका छन्। 

भ्रमण सकेर उनी आजै साँझ स्वदेश फर्कने छन्।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्