Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा 

दुई दिने नेपालमा भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्। 
प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा 

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। 

दुई दिने नेपालमा भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्। 

Hardik ivf

मिश्रीले प्रधानमन्त्री ओलीलाई आइतबार दिउँसो सिंहदरबारमा भेटेका थिए। सोहीक्रममा मिश्रीमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई भ्रमणको निम्ता दिइएको जनाइएको छ। 

आइतबार बिहान काठमाडौं आएका विदेश सचिव सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
 
प्रकाशित मिति: २०:१९ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्