Kathmandu Press

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

काठमाडौं, साउन २७ : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले यसअघि शीतलनिवासमा भेटवार्ता गरिसकेका छन्। मिस्रीले अर्थ, सहरी विकास र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्ने तालिका रहेको छ। 
 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्