Kathmandu Press

देश नाजुक अवस्थामा पुग्यो, बिपीको सिद्धान्त कार्यान्वयन गरौं : डा. कोइराला

डा.कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने बिपीको सिद्धान्त कार्यान्वयन गर्न नसके नेपाल र नेपाली नै नरहने जिकिर गरे। 
देश नाजुक अवस्थामा पुग्यो, बिपीको सिद्धान्त कार्यान्वयन गरौं : डा. कोइराला

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। 

आइतबार लेखक तथा साहित्यकार प्राध्यापक डा.कुल प्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने बिपीको सिद्धान्त कार्यान्वयन गर्न नसके नेपाल र नेपाली नै नरहने जिकिर गरे। 

Hardik ivf

देशमा उठ्ने राजश्वभन्दा बढी चालूखर्च हुने गरेको भन्दै कोइरालाले यसमा सुधार गर्न आवश्यक रहेको बताए। 

‘देश अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ। ११ अर्ब राजस्व देशमा उठ्छ। १४ खर्ब खर्च हुन्छ । त्यो पनि विकास खर्चमा नभई चालु खर्च भइरहेको छ। यसमा सुधार गर्न आवश्यक छ,’ उलने भने।

नेता कोइरालाले संविधानमा समेत केही सुधार गर्न आवश्यक भएको बताउँदै यसका लागि नेपाली कांग्रेसले समेत गहन रुपमा छलफल गरिरहेको बताए। 

राजनीतिक अवस्था दक्षिण एसियामा हलचल भइरहेका बेला बिपी नेपाल फर्किएर केही सुधारका काम गरेको उनले सुनाए। राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लिएर जानुपर्दछ नत्र देश र हामी रहदैनौं भन्ने बिपीको विचार भएको उनले बताउ। 

बंलादेशमा घटेको घटनालाई आम नेपालीहरू गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले बिपी नेपाल फर्किनुभएको अवस्था भन्दा खराब स्थितिमा रहेको बताए। 

‘बिपी कोइराला फर्किनुभएको बेलाको भन्दा पनि स्थिति खराब छ कि भन्ने मलाई लागिरहेको छ। यस्तो बेलामा सरकार परिवर्तन गरेका छौं,’ उनले भने, ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि संसदका दुई ठुला दलहरु एक ठाउँमा उभिनुपर्छ भन्दै आएका थियौं। अहिले एमालेको नेतृत्वमा सरकारमा गएका छौं।’

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्