Kathmandu Press

जलवायु परिवर्तन असर न्यूनीकरण गर्न नेपाल–भारत मिलेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको पनि बताए। सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे। 
जलवायु परिवर्तन असर न्यूनीकरण गर्न नेपाल–भारत मिलेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, साउन २७ : नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार भएको शिष्टाचार भेट गरेका छन्। 

भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

Hardik ivf

हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुँदा जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी रहेको भनाई राष्ट्रपति पौडेलको थियो। 

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको पनि बताए। सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे। 

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको पनि उल्लेख गरे। कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको भनाई पौडेलको थियो। 

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको बताएको समेत जनाइएको छ। 

भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मिस्रीले नेपाल सरकारका योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताएका थिए। 

नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ, त्यति नै दुवै देशका जनताको हित हुने बताउँदै उनले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि बताएका थिए। 

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्