Kathmandu Press

‘अध्यक्षबाटै पार्टी फुटाउन खोजेको र एमाले प्रवेशको हल्ला चलाइयो’

उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन खोजेको र एमालेमा प्रवेश गर्न खोजेको आरोप लगाएको भन्दै गम्भीर असन्तुष्टी राखेका छन्। 
‘अध्यक्षबाटै पार्टी फुटाउन खोजेको र एमाले प्रवेशको हल्ला चलाइयो’

काठमाडौं, साउन २७ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा १४ पृष्ठको लिखित प्रस्ताव प्रस्तुत गर्दै उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन खोजेको र एमालेमा प्रवेश गर्न खोजेको आरोप लगाएको भन्दै गम्भीर असन्तुष्टी राखेका छन्। 

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो। उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’ शर्माको प्रस्तावमा उल्लेख छ, ‘देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ।’

Hardik ivf

शर्माले आफूलाई दैनिक सयौंले फोन गर्दै पार्टी फुट्दैछ भनेर सोध्ने गरेको पनि उल्लेख गरेका छन्। ‘यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय, व्यूरोक्रेसी समेतमा चासोको विषय बनेको छ,’ शर्माले भनेका छन्।

पार्टीभित्र रहेका स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको दाबी समेत शर्माको छ। 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्