Kathmandu Press

युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी

युवा नीतिको बारेमा युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच छलफल भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले छिट्टै सार्वजनिक हुने दाबी गरे। 
युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी

काठमाडौं, साउन २६ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशिक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ग्रासरुट लेभलमा शिक्षाको गुणस्तर सुधारमा ध्यान नदिँदा शिक्षाको स्तर खस्किदै गएको बताएका हुन्। 

आफूले चलाएका संस्थाहरुका लागि शिक्षक नपाउँदा विदेशमा शिक्षक ल्याउनुपर्ने बाध्यता रहेको चौधरीको भनाइ छ। 

‘यहाँ बेरोजगारी बढेर युवाहरु विदेश पलायन भयो। फूले चलाएको क्याम्पसका लागि नेपालमा शिक्षक नपाउँदा बाहिरबाट मगाउनु परेको छ। अबको दश वर्षमा नेपालमा शिक्षक भेट्टाउन मुस्किल हुन्छ,’ उनले भने, ‘तपाई रेकर्ड राख्नुहोला अब सामूदायिक तथा आवाशीय र नीजि विद्यालयमा शिक्षक पाउन मुस्किल हुन्छ। ग्रासरुटमा शिक्षाको गुणस्तरमा ध्यान नदिदा शिक्षाको विकास हुन सकेन।’

युवा नीतिको बारेमा युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच छलफल भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले छिट्टै सार्वजनिक हुने दाबी गरे। 

‘अहिले युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा व्यापक रुपमा छलफल अगाडि बढेको छ। युवा नीतिमा ६ महिनादेखि नै छलफल भइरहेको छ, युवा नीति चाँडोभन्दा चाँडो आउँदैछ,’ उनले भने।
 

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्