केन्द्रिय समिति बैठकबाट १५ औं महाधिवेशनको सुनिश्चितता हुनुपर्छ : डा.कोइराला
‘कांग्रेसको पन्ध्रौँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ। पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ,’ बैठकमा कोइरालाले भने।
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रिय समिति बैठकले १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले उक्त माग राखेका हुन्। चालु केन्द्रिय समिति बैठकले नै २०८२ मंसिरमा हुने महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने भनाई कोइरालाको छ।
‘कांग्रेसको पन्ध्रौँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ। पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ,’ बैठकमा कोइरालाले भने।
गठबन्धनको कारण ठुलो दलको रुपमा संसदमा उपस्थित भए पनि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको भन्दै यस बिषयमा गंभिर बन्नुपर्ने भनाई उनको छ।
कोएरालाले गठवन्धन सरकारको नेतृत्व कांग्रेसको राजनीतिक प्रतिस्पर्धीले गरिरहेको बताउँदै भावि चुनाब सहज नरहेको पनि बताए।
‘हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन् र भावी दिनमा के गर्लान भनी अड्कल काट्न चाहान्नँ। तर अहिले सरकारमा गएका हाम्रा साथीहरुले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु,’ नेता कोइरालाले भने।












