Kathmandu Press

राज्य व्यवस्था समितिले गृहमन्त्री, अख्तियार प्रमुख र मुख्य सचिवलाई छलफलमा बोलायो 

आइतबार बसेकाे समितिकाे बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न साउन ३१ गते बिहीबारका लागि छलफलमा बोलाएको हो। 
राज्य व्यवस्था समितिले गृहमन्त्री, अख्तियार प्रमुख र मुख्य सचिवलाई छलफलमा बोलायो 
फाइल तस्बिर।

काठमाडौं, साउन २७ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई छलफलमा बोलाएको छ। 

आइतबार बसेकाे समितिकाे बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न साउन ३१ गते बिहीबारका लागि छलफलमा बोलाएको हो। 

उक्त विधेयकका विषयमा छलफलपछि सम्बद्ध निकायका प्रमुखलाई बोलाउन निर्णय भएको हो। 

गृहमन्त्री रमेश लेखक, प्रमुख आयुक्त पे्रमकुमार राई, अख्तियारका अन्य पदाधिकारी, मुख्यसचिव लिलादेवी गड्तौलालाई समितिको बैठकमा बोलाइएको जनाइएको छ। 
 
प्रकाशित मिति: १४:०६ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्