Kathmandu Press

प्रचण्डलाई पार्टीमा संरक्षक भएर बस्न नेता शर्माको प्रस्ताव

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा उल्लेख छ।
प्रचण्डलाई पार्टीमा संरक्षक भएर बस्न नेता शर्माको प्रस्ताव

काठमाडौं, साउन २७ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संरक्षक भएर बस्न प्रश्ताव गरेका छन्।

माओवादी केन्द्रको बैठकमा नेता शर्माले यस्तो प्रस्ताव गरेका हुन्। शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न भनेका छन्। 

शर्माको प्रस्तावमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने उल्लेख छ। 

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा उल्लेख छ।

शर्माले प्रचण्ड संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव पनि गरेका छन्। 

पार्टीमा पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा भई नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको प्रस्ताव छ। शर्माले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्