Kathmandu Press

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन्। 
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

काठमाडौं, साउन २७ : सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ। वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ। 

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन्। 

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्।  सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्। 

Hardik ivf

Photos-(4)-(1)-1723360735.jpg

निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए। 

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यलाई बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन्। 

Photos-(11)-1723360735.jpg

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको बताइएको छ। 

स्थापितको एक करोडबढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए। 
 

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्