Kathmandu Press

देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए। 
देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

काठमाडौं, साउन २७ : उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए। 

Hardik ivf

‘समाज परिवर्तनमा युवाहरुको भूमिका धेरै छ। युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेका छैनन्, सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका धेरै ठूलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामि दिनमा राम्रो गर्दै जानुपर्छ,’ उनले भने ।
 
मन्त्री सिंहले प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा भएका कमजोरीलाई सुधार्न आवश्यक रहेको बताए। 

‘हामीले राजनीतिक अधिकार पाइसकेका छौं । संविधानपछि प्राप्त गरेका जुन अधिकारहरु छन्,’ उनले भने, ‘ती अधिकारहरुलाई अब सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा केही कमि कमजोरी भएको छ भने सुधार्न आवश्यक छ।’ 

देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्र समाज र देशको अवस्था नसुध्रिने बताए। 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्