Kathmandu Press

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ। 
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं, साउन २७ : भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन्। दुईदिने भ्रमणका लागि मिश्री आज (आइतबार) नेपाल आइपुगेका हुन्।

नेपाल आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले स्वागत गरेकी हुन्।

Hardik ivf

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ। 

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ११:३६ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्