Kathmandu Press

माओवादीको प्राथमिकतामा मुलुकको समृद्धि उपमहासचिव पुन

उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताए। 
माओवादीको प्राथमिकतामा मुलुकको समृद्धि उपमहासचिव पुन

काभ्रे, साउन २६ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन्।

पार्टी सम्बद्ध काठमाडौँ–रोशी गाउँपालिका, काभ्रे सम्पर्क समितिको पालिका भेलालाई सम्बोधन गर्दै उनले सरकारमा जान कुनै हतारो र कुनै अप्ठेरो नभएको बताए।

Hardik ivf

उपमहासचिव पुनले पार्टीले सरकारमा रहेर सुरु गरिएको भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्धको सङ्घर्षलाई संसद् र सडकसम्म विस्तार गर्ने बताए। 

उनले एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् उपयोग गरेर व्यवसायीले रु आठ अर्ब तिर्दिनँ भन्न नपाउने उनको भनाइ छ। 

कार्यक्रममा पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङलगायतका नेताले जनअधिकारको संरक्षणका लागि पार्टीपङ्क्ति जनताको साथमा अगाडि बढ्ने बताए।

प्रकाशित मिति: २०:१६ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्